भद्रपुर। झापा जिल्ला अदालतमा २ बर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलको सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा आएका प्रकाश राउतलाई स्वागत गरिएको छ । 

प्रमुख न्यायाधीशको रूपमा कार्यभार समाल्न आएका राउतलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,न्यायाधीशहरु अम्बिका प्रसाद दाहाल, पारसमणि पोखरेल, लोकबहादुर हमाल, उषा श्रेष्ठ, नारायण रिमाल, डिल्लीप्रसाद आचार्य, श्रेस्तेदार डिल्लीराम प्रसाई,  प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश प्रताप शाह लगायत अदालतका कर्मचारीहरू समेतले प्रमुख न्यायाधीश राउतलाई स्वागत गरेका हुन्।

 प्रशासन शाखाका अनुसार झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेको र सामान्यतयः २/२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेकोछ। हालै न्याय परिषदले झापा जिल्ला अदालतबाट प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेललाई काठमाडौं जिल्ला अदालत, न्यायाधीश महेन्द्रप्रसाद पोखरेललाई पर्सा जिल्ला अदालत र  न्यायाधीश ऋतबहादुर पुलामी मगरलाई सिराहा जिल्ला अदालतमा सरूवा गरेको थियो भने प्रमुख न्यायाधीशमा प्रकाश राउतलाई र अन्य न्यायाधीशमा टेकनाथ गौतम र पुन्य प्रसाद सापकोटालाई पठाए संगै सरूवा भएर आएका अर्का न्यायाधीश पुण्य प्रसाद सापकोटा समेतलाई स्वागत गरिएको अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।