बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीसहित पाँच जना घाइते भएका थिए।
घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सुखि बिवीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।



















