अर्जुनधारा । झापाको अर्जुनधारामा गोमन सर्पले डस्दा एक युवकको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्ला, रानागाउँ बस्ने ३० वर्षीय बिनोद लिम्बूलाई गएराति १२ बजे गोमन सर्पले डसेको थियो। सर्पले डसेपछि गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो। अस्पतालमा उपचारका क्रममा लिम्बूको मृत्यु भएको जनाइएको छ।

गोमन प्रजातिको सर्पले लिम्बुको तिघ्रामा डसेको जनाइएको छ ।