झापा । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा सोमबार बिहान ट्याक्टर खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन्।

आठराई त्रिवेणी–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो।

दुर्घटनामा चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बो बेपत्ता भएको प्रहरीले जनाएको छ। ट्याक्टर भने खोलाको बगरमा फेला परेको छ।

बेपत्ताको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।