कृष्ण हुमागाईँ

FB_IMG_1675145824305

पछिल्लो  समय नेपालको राजनीतिमा नेतृत्वलाई गाली गर्ने र त्यही गाली गलौजमो आडमा राजनीतिमा स्थापित हुने खेल बढदै गएको छ । बिशेषतः प्रमुख राजनैतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीलाई गली गरेर तिनकै दौराको फेरो समातेर सत्ताको सिंढी चढ्ने खेलोमेलोमा नवोदय भएका दल र तिनका नेताहरु लागेका छन् । चाहे रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा राजेन्द्र लिङदेनको राप्रपा, सीके राउतको जनमत पार्टी अथवा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नै किन नहोस् । यिनीहरु जस्लाई गाली ग¥यो उसैको फेर समातेर सत्ताको बैतरणी तर्न उद्यत देखिन्छन् । उनीहरुको नार एकातिर, ब्यवहार अर्कैतिर देखिदैछ । आफ्नो मौलिकतामा नटिक्ने दलको अस्तित्व लामो समय टिक्न सक्दैन । 

प्रचलित सत्ताको बिरुद्ध आन्दोलन गरेर तिनैको फेर समातेर सत्ता स्वार्थमा रमाउने उदेश्य सत्ताको सुखभोग बाहेक जनसेवा त हुँदै होइन । काँग्रेस कम्युनिष्टले स्थापनाको कतिवर्षपछि चुनाव जितेर सत्ता सम्हाले ? त्यो अहिलेका नवफेसबुके दललाई केही मतलब छैन । यिनले न त भूमिगत बस्नु परेको छ ? न यिनले राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको एकाधिकार शासनसत्ताका बिरुद्ध आन्दोलन नै गरेका थिए ? बरु केहीले त समर्थन नै गरेका हुन् । तसर्थ सत्ता केन्द्रीत मात्र भएर, जस्का बिरुद्ध जनतामा बिष बमन् गरेर राजनीतिको रोटी सेक्ने काम गरियो उसैको फेरो समातेर कुर्सीको भिख माग्नेहरुले देशमा कस्तो परिवर्तन ल्याउन सक्छन ? यो एउटा भ्रम र भ्रन्ति सिर्जना गरेर नयाँ मतदाताको भावनामा खेलवाड गर्ने दुष्कर्म मात्र हो । जब यि मतदाताले पनि फेसबुके “स्टन्टवाज”हरुको असली रुप र नियत बारे पत्तो पउँछन् नि त्यतिबेला पछुतो मान्नु बाहेक केही बाँकी रहने छैन । 

 जस्ले मौका पाउदा र अवसर आउँदा आफूलाई बिदेशीको दलाल होइन, बिदेशी नै बन्न, बनाउन राजी गरायो, आफ्नो मातृभूमीको नागरिकता र नेपाली पहिचान त्यागेर डलरको भोकले, लोभले बिदेशी नागरिक (अमेरिकी)हुनमा गर्व ग¥यो, ऊ अहिले सबभन्दा राष्ट्रवादी, देशभक्त ? मौका पाउदा देशको नागरिकता त्यागेर अर्कैको देशको नागरिक हुन तयार हुने मान्छेले दाम पायो भने देश सहजै बेच्न सक्छ । आफ्नो आत्मा बेचेर अनागरिक हुन, बिदेशी नागरिक हुन राजी हुनेलाई कुनैपनि शर्तमा राष्ट्रवादी मान्न सकिन्न । सबै भ्रमबाट ब्यूँझ । गरीबीले पिल्सिएका लाखौं लाख युवाहरु खडी लगायतका मुलुकमा रोजगारीका लागि गएका छन् । तर अनेक दुःख कष्टका साथ पनि तिनले आफ्नो मतृभूमीको नागरिकता त्यागेका छैनन् । सिरानीमा नागरिकता राखेर आफ्नो देश सम्झेर परदेशमा पसिन बगाएका छन् । तर आत्मा बेचेर बिदेशी हुन तयार छैनन्, भएनन् । पैसाका लागि अस्तित्व र पहिचान बदल्नसक्नेहरुलाई सस्तो प्रचारका भरमा सत्तामा प्¥याउँदै गइयो भने देशको अस्तित्व सजिलै भड्किएको बिदेशी आत्माहरुको स्वार्थमा लिलाम हुनसक्ने खतरा तर्फ सचेत बानौं । नेपालको राजनीतिमा अराजक भीडको यही तरिकाले प्रभाव बढदै गयो भने यो देशको राष्ट्रिय अस्मिता निश्चय र चाँडौ खतरामा पर्छ नै ।