बिर्तामाेड । झापाको बाह्रदशीमा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

शनिवार दिउँसो साढे २ बजेको समयमा विशेष सूचनाको आधारमा झापा गाउँपालिका-५ पन्थापडास्थित हुलाकी राजमार्गमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका- ४ चकचकीका ३२ वर्षीय जफिर आलमको साथबाट प्लास्टिकसहित १९ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

नगद ११ हजारसमेत फेला पारी मोटरसाइकलसहित चालक आलमलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।