बुद्धशान्ति । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको आजको खेलमा बिर्तामोड युनाइटेड एफसी र भारतको नर्थ बंगाल भिड्दै छन ।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । ध्रुुबतारा स्पोर्टिङ क्लब दमकलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यसैगरी भोलि माने भञ्ज्याङ् एफसी भारत र धरान एफसि सुनसरी  अनि क्वाटरफाइनलको  अन्तिम खेलमा रेड हर्ष इलाम र बेलबारी एफसी मोरङ भिडने खेल आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।