बिर्तामाेड । झापाकाे बिर्तामाेडस्थित गिरीबन्धु चिया बगान नजिकैबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी- १७ निवासी २६ वर्षीय भुवन गिरी र झापा बाह्रदशी गाउँपालिका निवासी ३० वर्षीय सुशील तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई २१० मिलिग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका- ११ गिरीबन्धु टी स्टेटको चिया बगान क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो ।  पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।