दमक । झापाको दमकमा आज बिहान छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ४ बजे दमक १ स्थित कुमाल चौकमा युवाहरुको दुई समूहबीच (ग्याङ फाइट) झगडा भएको थियो ।

दमक ७ हाटखोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट हुँदा एक जना युवा ज्यान गएको हो । घटनामा परी चुलाचुली गाउँपालिका ३ का ३८ वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दमक १ कुमाल चौकमा दमक ७ का २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । लिम्बूलाई एक्कासी छुराले घाँटी, पाखुरामा प्रहार गरी सख्त घाइते बनाएका थिए । घाइते लिम्बूलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । 

लिम्बूको शव सोही अस्पतालमा रहेको र छुरा प्रहार गर्ने राई छुरा लिई फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।