विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचन समितिले कार्यतालिका प्रकाशन गर्दै अधिवेशनमा निर्वाचन प्रक्रिया शुरु गरेको हो ।

uml sss

अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भई दाबी विरोधको समय सकिएको छ भने मनोनयन दर्ताका लागि फारम वितरण भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अपरान्ह ४ः३० बजे सम्म मनोनयन दर्ताको समय छ भने साँझ ५ः३० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । ६ः३० बजे सम्म उम्मेदवारउपर दाबीविरोध गर्ने समय रहेको छ ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुनेछ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव रहनेछन् ।

एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गरेका थिए । अधिवेशनबाट मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्ष बन्ने दौडमा छन् ।