विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।

उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने भएको एमाले स्रोतले जनाएको छ ।

उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रसस्त गर्न लागेका हुन् ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने पुष्टि गरे ।