बिर्तामोड ।  नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अर्जुनधाराको प्रथम नगर अधिवेसन आज उद्घाटन हुदैछ । अधिवेसनका लागि एमाले पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री महेश बस्नेत सहभाागि हुनमा लागि आउदै छन् । 

FB_IMG_1697066623669

महेश बस्नेत सहभागी हुने कार्यक्रममा प्रतिरोध गर्न पहिचान सम्बद्व दलका युवा संगठनको तयारी रहेको छ । कोशी प्रदेश नाम खारेजीका लागि गठित 'पहिचानका लागि युवा' ले बिज्ञप्ति जारी गर्दै बस्नेत सहभागी हुने सो कार्यक्रमको शान्तिपुर्ण तथा शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । 

नेता बस्नेतलाई पहिचान बिरोधी भएको आरोप लगाउदै सो समुहले जारी गरेको बिज्ञप्तिमा केहिदिन पहिले बस्नेतले धरानमा आयोजित एक कार्यक्रममा 'यो देश कसैको बाउले अंस र आमाले दाईजोमा पाएको होइन' भन्ने अभिव्यक्ति दिएको जनाईएको छ । बस्नेतलाई कार्यक्रममा सहभागी हुन अवरोध गर्ने चेताावनी बिज्ञप्तिमा दिईएको छ । 

पहिचानका लागि युवा का संंयोजक सामी पालुङवा र सदस्य सचिव गौरिमान राईले विज्ञप्ति जारि गर्दै बस्नेत सहभागी कार्यक्रमको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । 

अर्कोतर्फ केहिदिन अघि राजभानीको कान्तिपथस्थित होटल यल्लो पगोडामा मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई मोसो दलिएपछि प्रसाईले एमाले नेता महेेश बस्नेेतको निर्देशनमा घटना भएको बताउदै आएका छन । 

बस्नेेतले पनि प्रसाईमाथि युवाले सांकेतिक कारवाही गरेको अभिव्यक्ति सामाजिक सञ्जालबाट दिएपछि उनिहरुबिच दरार उत्पन्न भएको छ । प्रसाईं समर्थकले मोसो घटनापछि बिर्तामोडमा प्रदर्शन गरेका थिए । उनिहरुले बस्नेत, एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघका अध्यक्ष क्षितिज थेवे बिरुद्व चर्को नारावाजी गरेका थिए । 

प्रसाई समर्थकले पनि बस्नेेत सहभागी कार्यक्रममा प्रतिरोध गर्ने सम्भावना रहेको छ ।

बस्नेेत तिनै नेेता हुन, जसले देशभर नेकपा माओवादीकाे भातृ संगठन वाईसिएलको दवदवा कायम रहेको समयमा युथ फोर्स बनाएर त्यसको प्रतिरोध गरेका थिए । वाईसियललाई कानुनी दायरामा ल्याउन उनको भूमिका महत्वपुर्ण छ । बिरोधीमाथी निर्मम ढंगले प्रस्तुत हुने बस्नेत एमालेेमा निडर र हक्कि नेताको रुपमा परिचित छन् ।