बिर्तामोड । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघको कार्यक्रम बिथोल्न आएका पहिचानवादी दलका कार्यकर्तासहितको समुहले युवाहरुले प्रयोग गरेको १३ वटा गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेका छन् । 

gadi 1

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पहिचानबिरोधी भन्दै पहिचानवादी दलले कार्यक्रममा बस्नेतको उपस्थिती नगराउन आयोजकलाई आग्रह गरेको थियो । पहिचानका लागि युवाले बुधबार बिज्ञप्ती जारी गर्दै बस्नेत सहभागि हुने कार्यक्रमको शसक्त प्रतिरोध गर्ने चेतावनी दिएको थियो । आयोजकले बस्नेत नै प्रमुख अतिथि हुने गरी कार्यक्रम तय गरेको थियो । 

gadi

युवा संघ अर्जुनधाराको अधिवेसन उद्घाटन गर्न बस्नेत आउने पक्का भएपछि पहिचान पक्षधर युवाहरुले दिउँसैदेखी उनी र नेकपा एमालेबिरुद्ध नारावाजी गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रशासनले सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरेको थियो । 

उनीहरुले सडक अवरुद्ध गरेर बस्नेतलाई छेकेपनि बस्नेत उनीहरुको अवरोध छिचोल्दै कार्यक्रमस्थलमा पुगेका थिए । कार्यक्रम सुचारु भएपछि तिनै युवाहरुको समुहले कार्यक्रममा सहभागी हुन आएका युवा संघका नेताले प्रयोग गरेको सवारी साधन तोडफोड गरेका हुन् ।  

yuba

नेता कार्यकर्ता कार्यक्रममा व्यस्त रहेको समयमा पार्किङमा राखिएका सवारीसाधन तोडफोड भएको प्रहरीले जनाएको छ । पहिचानवादीहरुले बा १९ च ५१५१, मे १ च ६८९९, बा ११ च २४५१, बा १८ च १७६८, बा १६ च ८७९९, मे १ च ५७८३, बा २० च ९७२८, बा १३ च ७५६३, प्रदेश १–०४–००१ च ०२८४, प्र ३–०१–०२३ च ८१३३, मे १ च ४४२७, प्र १–०४–००१ च ०१६२ र डब्लु बी ७७ ए १६३७ नम्बरको भारतीय गाडी तोडफोड गरेका छन् । यसैगरी पार्किङ गरिएको १२ वटा मोटरसाइकल तोडफोड गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले सवारी साधन तोडफोडमा संलग्न एकजनालाई पक्राउ गरेको जनाइएको छ  । उनी बिर्तामोडको बिएण्डसी अस्पतालसँग सम्बन्धित रहेको ‘पहिचानका लागि युवा’ का संयोजकसमेत रहेका सामी पालुङवाले जानकारी दिए । उनले बस्नेतको सहभागितामा हुन लागेको कार्यक्रममा अवरोध गर्ने संगठनको नीति मात्र रहेको जानकारी दिए । ‘सहभागीका सवारी साधन तोडफोड गर्ने हाम्रो संगठनको नीति थिएन, त्यो हामीले गरेको होइन, पालुङवाले भने–‘बिक्रम लिम्बु भन्ने साथी पक्राउ परेको सुनेको छु, उनैसँग बयान लिंदा यथार्थ खुल्छ ।’

बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईँलाई राजधानीको कान्तिपथस्थित होटल यल्लो पगोडमा एमाले समर्थित युवाहरुको एक समुहले केहिदिन पहिला मोसो दलेको थियो । त्यसपछि एमाले नेता बस्नेतले ‘एउटा फटाहालाई युवाहरुले तह लगाएको’ सामाजिक सञ्जालमा लेखेका थिए । 

प्रसाई समर्थकले घटनाको भोलिपल्ट मोसो घटनाको बिरोध गर्दै बिर्तामोडमा  प्रदर्शन गरेका थिए । उनीहरुले बस्नेतको कार्यक्रम झापामा जसरी पनि असफल बनाउने बताएका थिए । पहिचान पक्षधरको बिहीबारको आन्दोलनमा पनि प्रसाई समर्थकको बाक्लो उपस्थिती रहेको थियो ।