बिर्तामाेड । पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको शक्तिलाई कमजाेर नठान्न चुनौती दिएका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले युवा संघलाई कम्जोर ठाने त्यसकाे परिणाम दुर्भाग्यपुर्ण हुने चेतावनी दिए । उनले केही साना दलले जाेरी खाेज्न थालेकाे भन्दै उनीहरुलाई जुम्रा मारेझै मार्न सक्ने चेतावनी बस्नेतले दिएका छन् ।

पहिचानवादी समुह र दुर्गा प्रसाई समर्थकहरुको विरोधलाई छिचोल्दै बाक्लो सुरक्षाकर्मीका साथ बस्नेत कार्यक्रमस्थल पुगेका थिए । उनी आइनपुग्दै र आएपछि पहिचानवादीहरुले अर्जुनधारामा नारावाजी शुरु गरेका थिए ।

नेता बस्नेतले आफ्नो पार्टी पहिचान बिरोधी नभएको समेत बताएका छन् । उनले गणतन्त्रमा आफ्नो माग राख्न र कार्यक्रम गर्न स्वतत्र रहेको भन्दै उनले केहि अराजक तत्व एमालेको बिरुध लागेको आरोप लगाए । एमाले सधै सत्यको पक्षमा उभिने पार्टी रहेको भन्दै उनले युवा संघले अराजक तत्वलाई धुलो चटाउने चेतावनी दिएका छन् । 

बस्नेत आउने कार्यक्रममा झडप हुने संभावना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको  थियो । राजधानीको एक होटलमा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईलाई कालोमोसो दलेपछि प्रसाई पक्षधरहरुले बस्नेतलाई टार्गेट बनाएका थिए । सोहि योजना अनुसार उनिहरले आक्रमण प्रयास गलरेका छन् ।