बिर्तामोड । झापाको कमल गाउपालिकामा छोराले दाउले हिर्काउँदा बाबुको मृत्यु भएको छ ।

बिहान साढे ६ बजेको समयमा कमल गाउँपालिका वडा नं. ४ का करीब ५० बर्षका भोला कुमार तामाङलाई उनकै छोरा २३ बर्षको आषिश तामाङले दाउले हिर्काउँदा भोलाको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आषिशले बाबु भोलाको टाउको र दाहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ ।

बाबुको हत्या गरी फरार भएका आषिशलाई प्रहरीले घट्नाको केही बेर पछि नै कमल ४ कै दुधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । घट्नाका बारेमा बिस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोलि खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।