पाँचथर– पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेमा धारीलो हतियार प्रहार गरि एकजनाको हत्या भएको छ  ।

घटनामा अरु तीन जना घाईते भएका छन् ।
केहिबेर अगाडी घटना भएको हो । धरिलो हतियार प्रहारबाट स्थानीय गोमा फियाकको हत्या भएको जानकारी प्राप्त भएको छ ।

घटनामा महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाक घाइते भएका छन् ।
घाइतेलाई अस्पताल लैजान लागिएको वडा अध्यक्ष जिवन फियाकले जानकारी दिए ।
हत्यारा फरार छन् । घटना स्थलमा प्रहरी जादै गरेकाले केहि समय पछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर दिवस कुवँरले जानकारी दिए ।