बिर्तामोड । झापाको बिर्तामोडमा आरआर पोलिक्लिनिक स्थापना भएको छ । पोलिक्लिनिकको ड्रामाटोलोजिष्ट तथा बरिष्ठ हेयर ट्रान्सप्लान्ट सर्जन मोहन भुषालले उद्घाटन गरेका छन् । 

IMG-20240120-WA0025

लामो समयदेखि कन्काई हस्पिटल सञ्चालन गरेका व्यवसायी महेन्द्रबहादुर राईले पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् । खासगरी छालामा हुने बिभिन्न समस्या र कपाल सम्बन्धी रोगको उपचारका लागि पोलिक्लिनिक सञ्चालनमा ल्याएको उनले बताएका छन् । 

IMG-20240120-WA0026

राईको एकल लगानीमा भद्रपुर रोड, बिर्तामोडमा पोलिक्लिनिक सञ्चालनमा आएको छ । अत्याधुनिक उपकरणसहित सञ्चालनमा आएको पोलिक्लिनिकले पुर्वका बिरामीलाई उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य गरेको सञ्चालकको दावी छ । 

IMG-20240120-WA0018

पोलिक्लिनिकमा उपलब्ध लेजर डिभाइस मेशीनले शरिरमा रहेका मुसा, कोठी, चाया, पोतो, डण्डिफोर लगायतका समस्याको उपचार गर्ने प्रमुख अतिथिसमेत रहेका भुषालले जानकारी दिए । यो मेशीनले ट्याटुलाई स्थायी रुपले हटाउन सक्नेसमेत बताइएको छ । 

IMG-20240120-WA0020

पोलिक्लिनिकले कपाल प्रत्यारोपण तथा शरिरका अनावश्यक रौंहरु हटाउने प्रविधि भित्र्याएको छ । यस प्रकारका सेवा पुर्वमा पहिलो पटक उपलब्ध गराएको दावी पोलिक्लिनिकको छ । आरआर पोलिक्लिनिक अन्तर्गतको ‘लुक एट मी स्किन एण्ड हेयर क्लिनिक’ ले ती सेवा दिन सुरु गरेका छन् । 

कार्यक्रममा इलाम–झापा मैत्री समाजका अध्यक्ष तिलोतमा खत्री, पोलिक्लिनिकका सल्लाहकार अभय भुजेल लगायतले शुभकामना मन्तब्य राखेको पोलिक्लिनिकका प्रवन्ध निर्देशक मनिता राईले जानकारी दिईन् ।