बिर्तामोड । बिर्तामोडकी प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङदेनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ । यस अधि निर्माण भइको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’  सफल भएपछि उनले दोस्रो चलचित्र निर्देशन गर्न लागेकी हुन् ।

एसएस इन्टरनेश्नल फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र बधाई छ तिमीलाई ब्यवसायिक चलचित्र हो । पे्रम कथामा आधारित सो चलचित्रको झापा बिभिन्न पर्यटकीय स्थलमा सुटिङ गरिने चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री) ले बताए । चलचित्र करिव ६० लाख रुपैयाको लागतमा निर्माण हुने प्रस्तुतकर्ता लिङदेनले जानकारी दिए ।

पहिलो चलचित्र नै सफल भएपछि दोस्रो चलचित्र बधाई छ तिमीलाई निर्देशन गर्ने हिम्मत गरेको निर्देशक लिङदेनले बताए  । सो चलचित्र फागुन पहिलो सातावाट सुटिङ गरिने निर्देशक लिङदेनले  जानकारी दिए । अहिलेको नेपाली समाजमा भइरहेका घटना क्रमलाई समेटेर तयार पारिएको चलचित्रको कथा, पटकथा, सम्वाद उदय सुब्बाको रहेको छ ।

नेपालका चर्चित कलाकारहरुले अभिनय गर्ने चलचित्रमा नयापन पाउन सकिने कलकार समेत रहेका भएका उदय सुब्बाले बताए । निर्देशक हिमालीलाई विश्व कलाकार माहासंधद्वारा आजिवन सदस्यता प्रदान गर्दै यस अधि सम्मान गरिएको थियो । यस अधि निर्माणभएको मिसन क्यारेङग्याङ  नेपालमा भन्दा पहिले तीन वटा देशमा प्रर्दशन गरिएको थियो । सो चलचित्र थाईल्याण्ड , मलेसिया र हङकङमा सफलताका साथ रिलिज गरिएको हो ।