दमक । झापाको कमल गाउपालिकामा लागु औषध गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका ७ का सुरज लिम्बु, सोही ठाउँका किवी माया धिमाल, गणेश दर्जी र गौरादह नगरपालिका १ का विशाल मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कमल ७ धिमाल डाँडा स्थित एक होटेलमा लागु औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागु औषधसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २५० ग्राम गाँजा र ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो । लागु औषध सहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।