झिलझिले । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सीज इलिंस बोर्डिङ स्कुलको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो । शहिद दिवसको अवसर पारेर शिविर आयोजना गरिएको आयोजक छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद मैनालीले जानकारी दिए। 

ओम साई पाथिभरा अस्पताल भद्रपुर, दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो । शिविरमा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, कान र आँखा सम्बन्धीका रोगका बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। सो सिविरमा ओम साई पाथिभरा अस्पताल भद्रपुरका डाक्टर कुन्दन कुमार यादव, डाक्टर जयकुमार ठाकुर र डाक्टर श्रवणकुमार राउतले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षण गर्न आउने विरामीहरूले औषधि पनि निःशुल्क पाएका थिए। शिवसताक्षी नगरपालिका, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापा, नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङघ मेची र दृष्टि आँखा तथा कान अस्पतालले करिब दुई लाख ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरेका थिए। 

सो शिविरमा ५६२ जनाले  निःशुल्क स्वास्थ्य सेवा पाएका थिए। बृहत स्वास्थ्य शिविरमा रक्तदान समेत भएको थियो। रेडक्रस उपशाखा शिवसताक्षी र दमकको प्राविधिक सहयोगमा रक्तदान भएको आयोजक संस्थाका प्रबन्धक निर्देशक नर प्रसाद ओलीले बताए। 

आयोजक संस्थाका अध्यक्ष मोहनप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्त कुमार फेउदेनले समाज रूपान्तरणका लागि वित्तीय संघसंस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गरे । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय र शैक्षिक संस्थाले समाज रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भने ।

छिमेकी बचत तथा ऋण सहकारी संस्थाकी संचालक समिति सदस्य संगीता कोइराला सुवेदीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक उदय प्रकाश राईले प्रस्ट्याएका थिए। उनले छिमेकी बचत तथा ऋण सहकारी संस्थाले वर्षेनी समुदायमा रचनात्मक काम गर्दे आएको बताए ।