बिर्तामाेड । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- ३ का २२ वर्षीय कृष्ण कुमार थापा र २३ वर्षीय अजय राजवंशी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले १ ग्राम १७० मिलिग्राम  ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।