बिर्तामोड । अर्जुनधारा नगर प्याब्सनले 'यम बराल एकल सांगीतिक साँझ' आयोजना गर्ने भएको छ । 

फागुन ११ गते बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने यम बराल सांगितिक साँझमा मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती रहने तयारी आयोजकको रहेको छ । 

प्याब्सन अर्जुनधारा सचिव राजेश आचार्यका अनुसार सोही कार्यक्रममा अर्जुनधारा निवासी फिफा रेफ्री श्याम दनुवार र गायिका मेनुका पौडेललाई अभिनन्दन गरिने छ । 

गायक बरालले शिक्षा र संगित एक अर्काबीच परिपुरक रहेकाले निजी बिद्यालयहरुको संस्था प्याब्सनले सांगीतिक कार्यक्रम आयोजना गर्नु सकारात्मक रहेको टिप्पणी गरे ।

कार्यक्रममा उनको दुई घण्टाको प्रस्तुति रहने उनले बताए । नाच्ने र सुन्ने दुबै गित गाउने उनले बताए ।

गिटारिष्ट विशाल बुढाथोकीको संयोजनमा हुन लागेको कार्यक्रममा बरालले २० वटासम्म गित प्रस्तुत रहने छ । 

अर्जुनभारा नगर प्याब्सनकाअध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।