झापाका तीनलाख बालबालिकालाई दादुराकाे खाेप लगाइने

  • फाल्गुन १५, २०८०
  • मेचीखबर
alt

    बिर्तामाेड । झापाका तीनलाख बालबालिकालाई फागुन १७ गतेदेखि दादुरा–रुवेला संक्रमणविरुद्धको खोप लगाइने भएकाे छ ।

    मंगलबार बिर्तामाेडमा सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै स्वास्थ कार्यालय झापाले खाेप अभियानबारे जानकारी दिएकाे छ ।

    जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकाेटीका अनुसार नौ महिनादेखि १५ बर्षमुनिका बालबालिकालाई जिल्लाका ९४० वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिने बताए । 

    झापाकाे झापा गाउपालिकामा ६, बिर्तामाेड र दमकमा १, १ जना दादुराका बिरामी फेला परेकाे उनले बताए । दादुरा ब्रेक आउट भएका कारण झापा त्याे राेगकाे जाेखिममा रहेकाे बाह्रकाेटीले बताए । 

    खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने उनले जानकारी दिए । सामुदायिक भवन, आधारभूत स्वास्थ्य केन्द्र, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको जानकारी उनले दिए।

    झापामा २ लाख ७० हजार डाेज खाेप आइसकेकाे भन्दै उनले खाेप वितरण गर्नका लागि भण्डारणकाे समस्या रहेकाे बताए । तर, यसले अभियानमा ठुलाे असर नगर्नेसमेत उनकाे भनाई छ ।

    • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५५/०७४/७५
    • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
    • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
    • इमेल: mechikhabar@gmail.com
    • विज्ञापनका लागि सम्पर्क
    • ९८५२६३३६०३

    हाम्रो टीम

    • कार्यकारी सम्पादक पुष्प बराल