दमक । होटलकाे आवरणमा ब्राउनसुगर बिक्री गर्ने होटल संचालकसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीले कमल गाउँपालिकामा रहेकाे कृष्टिना हाेटलबाट ठुलाे परिणामकाे लागू ‌औषधका काराेबारीलाई पक्राउ गरेपछि हाेटलमा ब्राउनसुगरकाे काराेबार हुने गरेकाे खुलेकाे हाे ।

गाेप्य सुचनाका आधारमा होटलकाट ब्राउन सुगरकाे काराेबार गरिरहेकाे समयमा  होटल सञ्चालक सरोज थापा र शिवसताक्षी ६ बस्ने ३० वर्षीय बिष्णु खड्काको शरीर चेकजाँच गर्दा सरोज थापाको शरीरबाट प्लाष्टिकको पोकाभित्र ३८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।