झापा । प्रहरीले लागू औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार झापाकाे बिर्तामोड नगरपालिका–४ काे सन्जोग होटल एण्ड लजबाट  लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२० मिलिग्राम र नगद ८ हजार २२५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा  नगरपालिका–९ प्रणामीटोल बस्ने २४ वर्षीय अनुप भट्टराई र पाँचथर फिदिम नगरपालिका घर भई झापा बिर्तामोड नगरपालिका–३ बस्ने २७ वर्षीया सन्जु राई छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई लागू औषध र नगदसहित पक्राउ गरेको हो । 

यसैगरी दमक नगरपालिका–३ बेलडाँगीबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद ७ हजार ८२० रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सबहादुर लिम्बु सुब्बा र सोही नगरपालिका–२ बस्ने २७ वर्षीय मनाङ लिम्बु रहेका छन् । प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीले सबहादुरको कोठाको जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस्तै झापा, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित दमक नगरपालिका–५ पारुहाङ टोल बस्ने ३५  वर्षीय सुबास बानियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्तपदार्थ सहित पक्राउ गरेको हो ।

पर्साकाे वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० मिलिग्राम र नियन्त्रित लागू औषध नाइट्राभेट ३ ट्याबलेटसहित सोही महानगरपालिका–१५ बस्ने २५ वर्षीय सुशिलकुमार सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्तपदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, मधुवन नगरपालिका–६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–९ बाट अवैध लागू औषषध ब्राउनसुगर १ ग्राम ६७० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ  पर्नेहरूमा सोहीनगरपालिका–१० बस्ने २४ वर्षीय मोहमद अस्लाम र ३३ वर्षीय नबराज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका–१ बसन्तपुरबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २३० मिलिग्रामसहित बझाङ केदारस्यु गाउँपालिका–७ बस्ने ३८ वर्षीय खडक धामी समेत २ जनालाई मंगलबार साँझप्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्तपदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमाप्रहरीले थपआवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।