बिर्तामाेड । झापाको बिर्तामोडमा फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा चैत्र १२ गते सोमबार ‘टुबोर्ग होली हङ्गामा’ हुने भएको छ ।

नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको आयोजनामा होली हङ्गामा कार्यक्रम हुने संघका प्रदेश अध्यक्ष तथा फिल्म निर्माता केवल तामाङले बताए ।

बिर्तामोडस्थित पुरानो कृष्ण सिनेमा हलको प्राङ्गणमा हुने कार्यक्रममा गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिनेछिन् । त्यस्तै फिल्म निर्देशक तथा कलाकार जयकिशन बस्नेत, शोभित बस्नेत, अभिनेता सुबास मेचे र मोडल दिपा शाहीको प्रस्तुती रहने छ ।

कार्यक्रममा लामो समयदेखि फिल्म उद्योगमा योगदान पु¥याउने फिल्मकर्मीलाई सम्मान गरिने छ । नेपाली साँस्कृतिक पर्वको उत्थान र विकासमा समेत टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नायक सुबास मेचेले बताए । उनले कार्यक्रमस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न चैत्र २३ गते प्रदर्शनमा आउने फिल्म ‘बद्री बहादुर’को बिशेष सहयोग छ । होली कार्यक्रमलाई हिमाल भेराइटिज, होटल रुस्किन, द स्यान्डविच पोइन्ट, वान स्टप मल, सुनमाई स्पिङ वाटर र होटल हेभन ग्राण्डले सहयोग गरेका छन् ।