बिर्तामोड । झापाको बिर्तामोडमा मंगलबार साँझ एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । घटनामा संलग्न भएको अभियोगमा एक महिलासहित ५ जना पक्राउ परेका छन् । 

छुरा प्रहारबाट बिर्तामोड नगरपालिका-१ का २३ बर्षिय सुनिराम मुर्मु घाईते भएका छन् । बायाँ कुम र गर्धनमा चोट लागेका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा ५ जनालाई सोही स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-का राम टुडु, सोही स्थानका सुसान मुर्मु, बिर्तामोड -६ का एलिना श्रेष्ठ, अर्जुनधारा-११ का सरोज सहनी र कनकाई-१ का मनोज बिक छन् ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले के कारणले छुरा प्रहार भएको हो भनेर पत्ता लागि नसकेको जनाएको छ ।