बुधबारे । झापाको बुद्धशान्तिमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा मंगलबार बेलुका इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका- १ का  श्यामसुन्दर ठाकुर र अजय तिवारीलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।