बिर्तामोड । झापाको बाह्रदशीमा श्रीमानको खुकुरी प्रहारबाटश्रीमतीको मृत्यु भएको छ ।   बिहीबार बिहान साढे ६ बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।

देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताए ।

राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए ।  श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ । मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।