बिर्तामोड । चेक अनादर मुद्दामा दुई बर्ष कैद सजायको फैसला भएको बिर्तामोडकी सुनिता राय पक्राउ परेकी छन् ।

बिर्तामोड नगरपालिका-४ पारिजात टोलबाट रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको मंसिर २९ गतेको पत्र अनुसार रायलाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ ।