बिर्तामोड । झापाको मेचीनगरबाट जबरजस्ती करणीका एकजना अभियुक्त पक्राउ परेका छन् ।

पुस १ गते अपराह्न मेचीनगर-१४ प्रगति टोलमा २० बर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही स्थानका चन्दन राजवंशी पक्राउ परेका हुन् ।

राजवंशीले जवरजस्ती करणी गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी प्राप्त हुन साथ तत्काल उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।