बिर्तामोड । लागूऔषध मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेको समयमा फरार रहेका बिर्तामोडका विशाल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भदौ-२४ गते जेनजी आन्दोलनको समयमा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार गौतमलाई प्रहरीले पुन नियन्त्रणमा लिएको हो ।
गौतमलाई आज दिउसो बिर्तामोड-१ पश्चिम स्टेन्डबाट इप्रका अनारमनीको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो ।
बिर्तामोड-१ पञ्चकन्या टोल बस्ने गौतमलाई पक्राउ गरी इप्रका अनारमनीमा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















