अर्जुनधारा । झापाको अर्जुनधारामा छोरीले सिक्कल प्रहार गर्दा आमा घाइते भएकी छन् । घाइते आमाको बिर्तामोडमा उपचार भइरहेको छ ।
हिजो राती साढे ९ बजेको समयमा अर्जुनधारा-६ कप्तानवारीमा छोरीले सिक्कल प्रहार गर्दा ५१ बर्षिय बिनु लिम्बू घाइते भएकी छिन् ।
मानसिक सन्तुलन ठिक नभएकी छोरी बन्दना लिम्बूले आमासंग घरमा सामान्य बिषयमा बिबाद गरी धारिलो हतियार सिक्कल प्रहार गरेकी थिइन् । उनको छाती र दुबै हातको पाखुरामा चोट लागेको छ ।
घाईतेको स्थानीय शंकर अस्पताल शनिश्चरेमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ । सिक्कल प्रहार गर्ने लिम्बूलाई आवश्यक कारवाहीको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।


















