बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकले शंकास्पद अवस्थामा हिडडुल गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएको छ ।

हिजो बेलुका ७ बजेदेखि साढे १० बजेसम्म प्रहरीले गरेको स्विप अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दमक नगरपालिकाको विभिन्न स्थानबाट शंकास्पद अवस्थामा हिडडुल गर्ने, अनैतिक क्रियाकलापमा संलग्न हुन सक्ने, लागु औषधमा संलग्न हुन सक्ने, ट्राफिक नियम उलंघन गर्ने, प्रहरीले सम्झाई बुझाई गर्दा प्रहरी माथी नै अपशब्द प्रयोग गर्ने उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले दमक-७ बस्ने रिदम दाहाल, अनमोल खत्री, सोदेसी केरुङ लिम्बु, बिकाश लिम्बु, निशान बिक र रोहित राईलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी ट्राफिक नियम उलंघन गर्ने तथा प्रहरी सँग बादबिवाद गरी प्रहरीलाई गाली गलौज गर्ने को ३७ प ९३३ न.को मोटरसाइकल बिना हेलमेट, ३ जना सवार, चालक जिल्ला झापा कमल गा.पा. ५ बस्ने भिजन चेम्जोङ लिम्बु, सोही मोटरसाइकलमा सवार जिल्ला ईलाम माङ्सेबुङ-३ बस्ने राज कुमार साम्बा, प्र.१-०१-०८ प ४७१४ नं. को मोटरसाइकलको कागज पत्र नभएको, मादक पदार्थ सेवन गरेको चालक जिल्ला झापा दमक-१ बस्ने रोशन राई, सोही मोटरसाइकलमा सवार राज कुमार लिम्बु, को ३७ प ९३३ नं. को मो.सा. कागज पत्र नभएको, ३ जना सवार रहेको प्रहरीले सम्झाई बुझाई गर्दा बाद बिवाद गरी प्रहरीलाई गाली गलौज गरेको चालक जिल्ला झापा दमक-६ बस्ने तेनेहाङ लिम्बु र नम्बर नभएको मोडिफाई गरेको एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालकबाट प्रहरीले ४ हजार ५०० रुपैया राजश्व असुल गरेको जनाएको छ ।