झापा । इलाका प्रहरी कार्यालय दमकले हिजो राती गरेको स्विप अपरेसनमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेका ६ जना र ९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
राति ७ बजेदेखि ११ बजेसम्म प्रहरीले गरेको अपरेसनमा दमक नगरपालिकाको विभिन्न स्थानबाट शंकास्पद अवस्थामा हिडडुँल गर्ने, अनैतिक क्रियाकलापमा संलग्न हुन सक्ने, लागु औषधमा संलग्न हुन सक्ने मानिस नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकामा दमक-१ बस्ने केसिल बुढाथोकी, कमल साउदेन, २ की नम्दी सम्बाहाम्फे, पाँचथरको मौवा-६ बस्ने बर्ष ३६ को कुमार सम्बाहाम्फे, दमक-५ बस्ने अमिर अधिकारी र कुन्दन बास्तोला रहेका छन् ।
यसैगरी ट्राफिक नियम उलंघन गर्ने ९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ । प्र १-०१-०१५ प ६७२८ नम्बरको बिद्युतीय स्कुटर कागजपत्र नभएको,
को ४० प २२९४ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड, मे ५ प ७३२७ नम्बरको सुपरस्पेलेण्डर ३ जना सवार, प्र१-०२-०५६ प ३९७१ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड, प्र२-०२-०२३ प ०७०८ नम्बरको बुलेट मोटरसाइकल लुकिङ ग्लास नभएको, मे ७ प २४१९ नम्बरको एभेन्जर मोटरसाइकल मोडिफाइड, मे १० प ९३२३, मे ८ प २६६७ नम्बरको स्कुटी कागजपत्र नभएको र को ३८ प ८२५५ नम्बरको क्रसफायर मोटरसाइकल मोडिफाइड नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले २ वटा ३ जना सवार मोटरसाइकललाई कार्वाही गरी राजस्व एक हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।


















