बिर्तामोड । जेनजी आन्दोलनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट लुटिएको मोटरसाइकलसहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् ।

बिर्तामोड-१ सिर्जानाटोलका रमेश मगरको घरमा डेरा गरेर बस्ने इलामको फाकफोकथुम-७ घर भएका बिरबहादुर दमाई पक्राउ परेका हु्न् ।

उनको साथबाट भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको परिसरबाट हराएको एउटा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले मे ७ प अल्फावेट भएको नम्बर नखुलेको सुपर स्पेलेन्डर मोटरसाइकलसहित दमाईलाई पक्राउ गरिएको हो ।