बिर्तामोड । झापाको बिर्तामोडमा रहेको लागूऔषधको डिलरमा प्रहरीले छापा मारेको छ ।

बिर्तामोड-१ सुर्यनगर टोलको काली मन्दिर नजिकै अजय राजवंशीको घरमा लागूऔषध कारोवार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔंषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले राजवंशीको घरमा छापा मारेको थियो ।

उनको कोठाबाट १ सय २३ ग्राम १८० मिलिग्राम ब्राउन सुगर, नेपाली नोट २ लाख ६७ हजार, भारतीय नोट २९ हजार ५००, डिजिटल तराजु थानः-१, कैँची थानः-१, चक्कु थानः-१, मोबाईल थानः-२ फेला पारिएको जनाइएको छ ।

राजबंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।