बिर्तामोड । झापाको मेचीनगर-११ कालिका सिमसार क्षेत्रमा लागूऔषध कारोबार गर्दै गर्दा ७ जना पक्राउ परेका छन् ।
हिजो बेलुका ७ बजेको समयमा त्यय स्थानमा लागूऔषध कारोबार भइरहेको प्रहरीले ब्राउन सुगर, नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र कुमार राउत नेतृत्वको टोली र शसस्त्र प्रहरी बेस क्यामप टिमाईका. केदार श्रेष्ठको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मेचीनगर-७ बस्ने बिमल मेचे र ११ बस्ने प्रबिन राईलाई संका लागेरचेक जाँच गर्दा मेचेको साथबाट ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।मेचेको साथबाट ३० हजार र राईको साथबाट ७ हजार ५ सय बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मेचीनगर-८ बस्ने कविस मेचे, बासु राजबंशी, सुरेश खड्का, बुद्धशान्ती-४ बर्नेका कुमार गुरुङ, ३ का सन्दिप रसाईली, मेचीनगर-१० टिकापुरका, घनश्याम माझी, ४ का राजेन्द्र कुमार थापा पक्राउ परेका छन् ।उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















