बिर्तामोड । लापरवाही गरेर सवारी सञ्चालन गरेको अवस्थामा बिवाद हुँदा झापाको चारपानेमा एकजनामाथि मुक्का प्रहार भएको छ ।

हिजो बेलुका ७ बजे बिर्तामोड-२ चारपानेमा लक्ष्मीपुरबाट बिर्तामोड तर्फ आउँदै गरेको प्र १-०१-०१४ प १३८२ न. को स्कुटरले लापरवाही पुर्वक चलाएको भन्दै सोही दिशा बाट आउँदै गरेको मे ९ प २८२३ न. को मोटरसाइकल चालकले रोकेर सम्झाई बुझाई गरेका थिए ।

सो क्रममा बिवाद भई स्कुटर चालक बिर्तामोड-५ बस्ने राजु राईले मुक्का प्रहार गरी मोटरसाइकल चालक बिर्तामोड-६ बस्ने रुद्र तामाङलाई घाईते बनाएका छन् ।

घाईतेको अगाडिको एउटा दाँत झरेको र ओठमा चोट लागेको छ । उनको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारी साधन तथा स्कुटर चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।