झापा । नेपाल एसबीआई बैंकको सिन्धुलीमा रहेको शाखा लुटिएको छ । हिजो साँझ सिन्धुलीको घ्याङलेख-२ हायुटारमा रहेको बैंकको शाखा लुटिएको हो ।

अन्दाजी ९,१० जनाको संख्यामा घरेलु हतियारधारीले गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर बैक लुटपाट गरेको प्रहरीले जनाएको छ ।

लुटेेराको समुहले कार्की लाई खुकुरी समेत प्रहार गरी घाईते बनाएका छन् । त्यसपछि उनीहरुले बैकभित्र भएको नगद लुटेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।

बैक भित्रबाट तीनकरोड ७ लाख रुपैयाँ लुटिएको जनाइएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरेर लुटेराको खोजी भईरहेको जनाइएको छ । 

यसैबीच प्रहरीले लुटपाटमा संलग्न एउटा गाडिसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । उनले बिवाहमा जाने भन्दै गाडि रिजर्भ गरिएको र लुटपाटमा आफू संलग्न नभएको बताएका छन् ।