बिर्तामोड । झापााका विभिन्न स्थानमा नक्कली सुनको गहना देखाएर रकम ठगि गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भद्रपुर-५ को भद्रपुर बजार स्थितमा रहेको भोजपुर ज्वेलर्समा उदयपुर चौदण्डीगडी-३ बस्ने जितबहादुर बिकले सुन जस्तो देखिने पहेलो धातु धितो राख्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
ज्वेलर्स सञ्चालकले शंका लागेर वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराउन साथ वप्रका भद्रपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
बिकलाई मुलुकी अपराध संहिता २०७४ को ठगी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसंधान क्रममा अभियुक्तले यस अघि पनि बिर्तामोड क्षेत्र लगायत सुन पसलहरुमा सक्कली गहना हो, आफुलाइ इमेरजेन्सी परेकोले बन्दगी राख्न लागेको भन्दै नगद लिएर ठगि गरेको खुल्न आएको जनाइएको छ ।


















