झापा । इलामबाट एक पिकअप भारतीय मदिरा बरामद भएको छ । सुर्योदय नगरपालिका-३ नेवार गाउँ स्थित फिक्कल पशुपतिनगर पक्की सडक खण्डबाट पिकअपसहित मदिरा बरामद भएको हो ।
सोही स्थानका रोशन प्रधानले पशुपतिनगरबाट फिक्कल तर्फ ल्याउदैँ गरेको प्र १-०१-००२ च ४३९० नंम्बरको बोलेरो पिकअपबाट मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।
पिकअपमा भारतीय मदिरा हनी बी ब्राण्डी ७१ कार्टुन र सिक्किम गोल्डेन मेलोन ब्राiण्डी ७८ कार्टुन फेला परेको जनाइएको छ । पिकअप, मदिरा र त्यसका चालक प्रधानलाई आवश्यक कारवाहिका लागि प्रहरी कार्यालयमा राखिएको छ ।



















