झापा । ताप्लेजुङमा फेरि शंकास्पद बस्तु फेला परेको छ ।
आज बिहान ७ बजेको समयमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ पंचमीमा शंकास्पद बस्तु फेला परेको हो ।
कालो टेपले बेरेको बस्तु फेला परेपछि सुरक्षाकर्मीको टोलीले त्यस स्थानलाई सुरक्षित राखेको छ ।
हिजो पनि आठराई त्रिवेणी गाउँपालिका–२ पन्चमीमा शंकास्पद बस्तु फेला परेको थियो । त्यसलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।



















