बिर्तामोड । लागुऔषध सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

२०८१ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा काठमाडौँको डिल्लीबजार कारागारबाट फरार भएका झापा दमक नगरपालिका–८ निवासी  संन्जोग भट्टराईलाई हिजो  साँझ करिब ५:०० बजे दमक नगरपालिका–७ पशुहाट क्षेत्रबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेको जनाएको छ।

पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पठाइने प्रहरीले जनाएको छ।