बिर्तामोड । मेची यातायात व्यवस्था  कार्यालय बिर्तामोडबाट बिचौलियाको मिलेमतोमा अनियमितता भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब १:०० बजेतिर जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी तथा प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले गौरादह नगरपालिका–९ निवासी वर्ष ३० का लाल बहादुर बिष्टलाई नियन्त्रणमा लिएको हो।

उनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।