बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रमा सवारी नियम विपरीत मोडिफाई गरी ध्वनि प्रदूषण फैलाउँदै चलाइएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दमक नगर क्षेत्रमा अनावश्यक आवाज निकाल्ने तथा नियम विपरीत मोडिफाई गरिएका सवारी साधनमाथि निगरानी बढाउने क्रममा उक्त मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो 

प्रहरीले  प्र १-०२-०४८ प ५९०३,  प्र.१-०२-०५७ प ८५६१, प्र.१-०२-०४५ प १९३६,  को २२ प ६८००,  बा ९८ प ६४२६, को २९ प ३३५३, मे ४ प ३७६४ र मे ११ प ५६७६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा अनुगमन तथा कारबाहीलाई तीव्र बनाउने जनाएको छ।