बिर्तामोड । झापाको शिवसताक्षि नगरपालिका–३ भोटे पुल मुनि नवजात शिशुको शव फेला परेको छ।

हिजो राति करिब २३:५० बजे उक्त स्थानमा नवजात छोरा शिशुको शव भेटिएको भन्ने जानकारी प्राप्त भएपछि नेपाल प्रहरी को टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जनाएको छ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ भने एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।