बिर्तामोड । झापाबाट गैडाको खाग लिएर जाँदै गरेका चारजना सुनसरीमा पक्राउ परेका छन् ।
सुनसरीको बर्जुमा गैँडाको खाग जस्तो देखिने वस्तुसहित ४ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
हिजो साँझ करिब साढे ७ बजेको समयमा बर्जु गाउँपालिका–६ स्थित बर्जु तालको पूर्व गेटमा अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोली उनीहरूलाई गैँडाको खागसहित पक्राउ गरेको हो ।
गैँडाको खागलाई मोटरसाइकलमा लुकाइछिपाई राखी मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको बराह बाहिनीले जनाएको छ । नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, इनरुवा सुनसरीमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















