बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित चिलिमगढी घाट नजिकबाट हरिणको सिङ फेला परेको छ।
हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधबारे झापा र सशस्त्र प्रहरी बल नेपाल, भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमबाट खटिएको संयुक्त गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त वस्तु फेला पारेको हो।
फेला परेको वस्तु बन्यजन्तुको अंग जस्तो देखिने हुँदा प्रहरीले सुरक्षित रूपमा नियन्त्रणमा लिएको जनाएको छ। उक्त वस्तु सम्बन्धित वन कार्यालयमा बुझाउने तयारी भइरहेको र आवश्यक समन्वय जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















