भद्रपुर । भद्रपुर नगरपालिका–४ मन्त्रीचोकमा राधाकृष्ण अष्टजामका क्रममा दुई समूहबीच झडप हुँदा एक किशोर घाइते भएका छन्।

हिजो राति करिब ९:३० बजे भएको कुटपिटमा कचनकवल गाउँपालिका–४ का १७ वर्षीय बिक्रम माझी घाइते भएका हुन्। उनको टाउको र कानमा चोट लागेको छ। हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा छन्।

घटनापछि इलाका प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा भद्रपुर–७ बोक्तोबारीका आदित्य सहनी, रोमन मिस्त्री, बिबेक राजवंशी र भद्रपुर–६ फुटानीचोकका प्रल्हाद राजवंशी रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।